सिन्धुली मा माेटरसाईकल दुर्घटना हुदा एक गम्भीर घाइते

बैशाख २४गते :सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ स्थित साझा चोकमा हिजाे  बिहान मोटरसाइकल दुर्घट्ना हुँदा एकजना गम्भिर घाइते भएका छन् । खुर्कोटबाट अधेरी पुलतर्फ जादैँ गरेको बा ६४ प १८४६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई ३५ फिट तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा गोलन्जोर ७ का १८ वर्षिय हिमाल देवकोटा गम्भिर घाइते भएका छन् । देवकोटाको छाती, घाँटी, जिब्रो लगायत विभिन्न भागहरुमा चोट लागेको अस्पतालले जनाएको छ । उनको खुर्कोटस्थित शुभ जिवन अस्पतालमा उपचार पश्चात हेलिकप्टर मार्फत काठमाडौँ लगिय काे छ।